• २०७७ कार्तिक १२ गते बुधवार

उत्कर्षमा तुलसीपुर महोत्सव

Author Logo..
२०७६ माघ १३ गते सोमवार


शरद रेग्मी ,तुलसीपुर, १३ माघ । प्रथम दिनमै हाउसफुल भएको तुलसीपुर महोत्सवमा उत्साहजनक भन्दा पनि प्रतिनिधिमुलक सहभागिता थपिंदै आएको छ । आयोजक तुलसीपुरलाइ महोत्सव व्यावस्थापन गर्न पनि आम सहभागिताले लिड गरीरहेको छ । त्यसैले त तुलसीपुर उद्योग वाणिज्य सघका सवै अधिकारी र पुर्वपधादिकारीहरु पनि महोत्सवलाई भव्य र सभ्य बनाउन खटिइरहेका छन् ।
भाले लडाइमा दार्जिलिङबाट मात्र नभएर भारतबाट पनि भाले ल्याइएका छन् । कम्तिमा दुइदर्जन भालेहरुले फाइट गरेको परीदृश्य उत्साहजनक थियो । पशुपति शर्माको प्रस्तुतीले पनि महोत्सवलाइ धेरै उचाइ दिएको छ । कुस्ती प्रतियोगिता पनि महोत्सवको आकर्षण देखिएको छ ।


उदेश्य के लिनु, उडिछुन् चन्द्र एक, तर तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएर धेरै आशा गरेको होइन, विमानस्थलको स्तरोन्नती र निर्माणाधिन सभाहलको पुरा गर्नकालागी मात्रै हो । त्यसैले तुलसीपुरको विमानस्थलको स्तरोन्नतीकालागी पर्यटन मन्त्रीलाइ प्रमुख अतिथि बनाइएको थियो । ‘विकाशका मुद्धा एउटा राजनितिक दलका मात्र हुन सक्दैन, आम नागरीकका साझा मुद्धा हुन्, त्यसैले पनि यसलाइ सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं’—तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले भने ।
कलाकारहरुको वेजोड प्रस्तुतीले महोत्सवलाइ भव्य र सभ्य बनाइरहेको छ । गर्नुगर्यौ वालाराम भयस पालके, कमल गाउंलेको पुरानो गितको हिन्दी डविङ थियो, यो । किनकि नेपालीहरुले हिन्दी गित र सिनेमालाइ बढि मनपराउंछन् । त्यसैको व्यंग्यको स्वरुप यो हिन्दि भर्शनको गित हो ।


राधिका हमालको झोर्लेहै, क्याम्पस पढ्न आउने, झकाश लगायतका गितले पनि तुलसीपुर महोत्सवलाइ झकास बनाएको थियो । उनको लाहुरे ठिटो, ढल्के जवानीमा धेरै युवाहरु लठ्ठिएका थिए । नेपाल आमाकि जय, कलाकारकि जय, टरीगाउं विमानस्थलकि जय….। राष्ट्रिय कलाकार मौसमी रानाको नृत्यले पनि महोत्सवलाइ पागल जस्तै बनाएको थियो । पछ्यौरी भाखाको गित थियो उनको ।
फेरी अर्का कलाकार पशुपतिले पनि राष्ट्रियताकै गित गाए, अनि राष्ट्रियताकै लगाम सिकाए । मलाइ हुस्की पनि यै, मलाइ वियर पनि यै, लैनो भैसि पाल्छु, गितको बोलको पशुपति शर्माको गितले तुलसीपुर महोत्सवस्थलला भरीभराउ बनाएको थियो ।
््त्यसै गरी चर्चित गायिका राधिका हमाल, मौसमी राना, सिर्जना खत्री, कमल गाउले, उमा देवि खनाल लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
               महोत्सवस सफल हुन्छ, प्रदेशसभा सदस्य चौधरी
यसैबीच प्रदेशसभा सदस्य, सार्वजनिक लेखा समितिका संयोजक, तथा भावि प्रम्ुख प्रतिपक्षिदलका नेता डिल्ली वहादुर चौधरीले मेला महोत्सवमा नेपाली कांग्रेसको पुरै समर्थन ह्ुने बताए । प्रमुख अतिथिका रुपमा दिल्ली वहादुर चौधरीले सवै महोत्सव अवलोकनका चौधरीले स्थानिय उत्पादनका सवालमा आफुहरुले सहयोृग गर्नेे बताए । त्यसै गरी मंगलवार फेरी मन्त राष्ट्रिय कलाकारले तताउने छन् मंगलवार दिउसो हेमन्त शर्मा, पुजा पुरी कम, गोपाल नेपाल जिएम, सरु बोहोरा लगायतको प्रस्तुती हुने छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार