फोटो तथा भिडियो
तुलसीपुर, दाङको तुलसीपुरमा शुक्रबार देखी जारी तुलसीपुर महोत्सवको दोस्रो दिन हजारौँ दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ । तुलसीपुर ९ दोघरेमा निर्माणाधिन सभाहललाई पूर्णता दिने उदेश्यले तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सबमा शुक्रवार राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । राष्ट्रिय ख्याती कमाएका लोकदोहोरी गायक कृष्ण रेउलेको भाखाको गित थियो, शव्द भने उनको होइन । त्यसैमा नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाई साझ सम्मै व्युझाएको थियो ।
रातो टिका निधारमा टलक्क टल्कियो, उनको यो गायनले युवादेखि बालवालिका र बृद्धबृद्धाहरुलाइ पनि आकर्षित गरेको थियो । त्यसैगरी तुलसीपुर कै चेली श्रीजु अधिकारी, दाङ कै कमल गाउंले लगाएतका कलाकारहरु प्रस्तुती राखेका थिए । महोत्सवको कार्यक्रम संचालन गर्नको लागी स्याङजाबाट उमादेवी खनाल पनि आइपुगेकि छन् । महोत्सवले आम दाङबासीलाई तानेको छ । कृषिका स्टलहरुदेखि व्यवसायिक स्टल कुनै पनि खालि थिएनन् ।
भरीभराउ स्टल, भरीभराउं दर्शकले तुलसीपुर महोत्सवको सफलता बोलिसकेको छ । च्याउका स्टल, वयर बोकाका स्टल, निशुल्क स्वास्थ्य शिविर र पुरन्धाराको छहरा सम्मको साईक्लिङ यात्राले पनि महोत्सवलाई नेपाल भ्रमण बर्षसंग जोडेको छ । ‘मर्निङ सो द डेज, हामीलाई महोत्सव सफल हुने देखिइसकेको छ,महोत्सव मुल आयोजक समितिका संयोजक विर बहादुर रावतले बताए ।
महोत्सव यहि माघ २० गते सम्म लाग्ने र ५ लाख दर्शकले अवलोक गर्ने र करिब १ करोड आर्थिक बचत गर्ने लक्ष्य लिएकोसंयोजक रावतले बताए । महोत्सवमा आईतवार केन्द्रिय कलाकारहरुमा चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा, टिका सानु, मोडेल रश्मी तामाङ लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।