प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक छैन् , : मुख्यमन्त्री पोख्रेल

Author Logo..
२०७६ माघ ११ गते शनिवार

बुटवल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताए। प्रेस संगठन नेपाल, प्रदेश ५ को प्रथम भेलालाई शनिबार बुटवलमा संवोधन गर्दै मुख्यमन्त्री पोख्रेलले भने, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडेँ। पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउछु भनेर चुनाव लडनुभो।

अब मेरो पनि कुनै निजी विचार छैन। महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नगर्नुहोस्(नबोल्नुहोस्’ उनले थपे, ‘सहमतिकै आधारमा प्रदेशको राजधानी र नामकरण टुंगो लगाउँछौं। पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउँदै आवश्यक छ’ राजधानीको विषयले जोड्ने हो।

विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताइन्छ। कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा बिनासमाचार लेख्न नहुने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो। प्रेस संगठनमा आवद्ध पत्रकार वर्तमान र भविश्यलाई जोड दिएर अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री पोख्रेलले औंल्याए।

केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारले बोक्नुपर्ने अवस्थामाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार