• २०७७ कार्तिक ४ गते मङ्गलवार

कुसुण्डा भाषा सिकाउने गुरुको रुपमा चिनिए ज्ञानीमैंया निधन

Author Logo..
२०७६ माघ ११ गते शनिवार


दाङ, लोप हुदै गएको कुसुण्डा भाषा सिकाउने गुरुको रुपमा चिनिएकी दाङ लमही ६ निबासी ज्ञानीमैंया कुसुण्डाको निधन भएको छ । शनिवार दिउँसो साढे १२ बजेतिर ८५ बर्षीया कुसुण्डाको लमही नगरपालिका ५ कुलमोहरस्थित आफ्नै घरमा निधनभएको हो । दम र उच्च रक्तचापले गर्दा पुस २७ गतेदेखि विरामी भएकी ज्ञानीमैंयाको उपचार दाङ, बाँके लगाएतका अस्पतालहरुमा भएको थियो ।

उपचार संभव नभएपछि उनलाई केही दिन पहिले मात्रै घर ल्याइएको थियो । लोपउन्मुख कुसुण्डा भाषा पूर्ण रुपमा जान्ने व्यक्ति देशभर जम्मा दुईजना मात्रै थिए । त्यसमध्य ज्ञानीमैंया मुल स्रोत व्यक्तिको रुपमा रहेकी थिईन् । अन्तिम समयसम्म पनि उनले नयाँ पुस्तालाई घरमै कुसुण्डा भाषा सिकाउने गर्दै आएकी थिईन् ।

केही विदेशीहरु समेत ज्ञानीमैंयाको घरमै बसेर कुसुण्डा भाषा सिकेका थिए ।  त्यसैगरी कसुण्डा भाषाको एक अनुसन्धानकर्ता उदय ज्ञानिमैयाको निधनले भाषा नै लोप  हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार