• २०७७ फाल्गुन १७ गते सोमवार

पत्रकार पौडेललाई पितृ शोक

Author Logo..
२०७६ माघ १० गते शुक्रवार

तुलसीपुर, पत्रकार बसन्त पौडेललाई पितृ शोक परेको छ । रेडियो हाम्रो पहुँच एफएमका स्टेशन म्यानेजर समेत रहेका तुलसीपुर उपमहानगरपालिका व ४ माथिल्लो हलवार निवासी पौडेलका बुवा चन्द्रलाल पौडेलको ७० वर्षको उमेरमा शुक्रवार दिउँसो १२ बजे निधन भएको छ ।

उनी विगत केहि समय देखी दम रोगबाट पीडित थिए । पौडेलको घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनको शुक्रवार बेलुकी साढे छ बजे माथिल्लो ग्वारखोला घाटमा दाहसंस्कार गरिएको छ ।

उनका एक श्रीमती, दुई छोरा र तिन छोरी रहेका छन् । पत्रकार बसन्त पौडेल उनका कान्छा सुपुत्र हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार