• २०७७ कार्तिक ११ गते मङ्गलवार

१२ सय मिटर कपडा किनेर किन खर्च गर्नुभयो ? एयरर्पाेटको स्तरबृद्धि हुन्छ : मन्त्री भट्टराई

Author Logo..
२०७६ माघ १० गते शुक्रवार


तुलसीपुर, संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाङका टरीगाउँ विमान स्थलको स्तरउन्नती हुने बताए । तुलसीपुरका मेयर देखि दाङबाट प्रतिनिधित्व गर्ने सांसदहहरुले समेत पटक पटक मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराउनु भएको छ,उनले भने,‘ विमानस्थलको स्तर उन्नती र इन्धन डिपोको काम सरकारले अघि बढाएको छ ।’

‘मलाई यहाँ बोलाउनुको मुख्य एजेन्डा विमान स्थलको स्तर वृद्धि भन्ने नै लागेको थियो । एयरर्पोट बनाउन तपाईहरुले साढे बाह्र सय मिटर लामो कपडामा हस्तारक्षर गरेर बुझाउनै लागि पैसा खर्च गर्नु पर्ने काम थिएनु, उनले भने,‘इन्धन डिपोको स्थापनाका लागि नेपाल वायु सेवा निगमलाई जग्गा उपलब्ध गराउन आयल निगमसंग सम्झौता भइसकेको छ ।

त्यसका लागी तपाईहरुले निगमको ध्यानाकर्षण गराउनु होला ।’ टरिगाउँ एयरर्पाेको प्रभाबकारी सञ्चालन र ब्यबस्थापनको माग गर्दै तुलसीपुर उद्योग बाणिज्य संघले मन्त्री भट्टराईलाई ११९ पेजको ज्ञापन पत्र र १२५० मिटर कपडा हस्ताक्षर गरेको पर्यटन मन्त्रीलाई बुझाएको छ । शुक्रबार देखी तुलसीपुरमा लागको महोत्सव यहि माघ २० सम्म लाग्ने आयोजकले जनाएको छ ।

महोत्सवबाट बचत भएको रकमले तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागको बहुआयामिक सभाहललाई पूर्णता दिने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितीका संयोजक विर बहादुर रावतले बताए । महोत्सवमा ५ लाख दर्शकले अवलोक गर्ने र करिब १ करोड आर्थिक बचत गर्ने लक्ष्य लिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार