• २०७७ कार्तिक १५ गते शनिवार

दाङको गढवामा छुरा प्रहार गरी ससुराले बुहारीको हत्या गरे

Author Logo..
२०७६ माघ ९ गते बिहिवार


दाङ, दाङको गढवामा ससुराले बुहारीलाई छुरा प्रहार गरी हत्या गरेका छन् । गढवा गाउँपालिका ४ रामनगर निवासी ६५ बर्षीय कुलमान कुँवरले छुरा प्रहार गरी २७ बर्षीया बुहारी बशन्ता कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्याल दाङका प्रबक्ता तथा डिएसपी सुमित खड्काले बताए ।

बुधवार बेलुका साढे ८ बजेतिर समान्ने घरायसी बिबाद पछि ससुराले आफ्नी कान्छी बुहारी माथि छुराले पेट, ढाड र छातिमा आक्रमण गरि सक्त घाईते बनाएका थिए । गम्भीर घाइते अबस्थाकी बशन्तालाई लमहीको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँके स्थित कोहलपुर मेडिकल कलेज लगिएकोमा साढे ११ बजे राति मृत्यु भएको प्रबक्ता खड्काले बताए ।

त्यसैगरी आरोपी कुलमानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिइसकेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरिक्षक भरत राठोरले बताए । मृतकका श्रीमान संजय कुँवर कुखुरालाई दाना दिन गएको बेलामा विवाद भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार