• २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुर महोेत्वमा तीन सुरक्षा घेरा, सिसि क्यामेरा र विमाको समेत व्यवस्थापन

Author Logo..
२०७६ माघ ८ गते बुधवार


शरद रेग्मी, तुलसीपुर, ८ माघ । यहि माघ १० गतेदेखि सुरु हुन थालेको तुलसीपुर महोत्सवमा ती सुरक्षा घेरा हुने छन् । महोत्सवको सुरक्षा व्यवस्थापनकै सन्दर्भमा महोत्सवस्थलमा जुटेका सुरक्षा अधिकारीहरुले तीन तहको सुरक्षा दिन अभिव्यक्ति दिएका छन् । ‘तुलसीपुर महोत्सव पर्यटनसंग पनि जोडिएकाले हामीले सुरक्षा व्यवस्थापनको पनि तयारी गरीसकेका छौं, तीन तहको सुरक्षा व्यवस्थापन हुने छ’— प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने ।

प्रमु्ख जिल्ला अधिकारीसंगै तुलसीपुर महोत्सव स्थलमा पांच नंवर प्रदेश प्रमुखा डिआइजि शुरेश विक्रम शाहा, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक प्रसाद भट्टराइ, शशस्त्र प्रह्री वल ज्लालामाइका प्रमुख एसपि नारायण प्रसाद श्रेष्ठ र अनुसन्धानका एसपी टेकराज तिमिल्सेनाको समेत उपस्थीति रहेको थियो ।

त्यस अवसरमा महोत्सवलाइ सुरक्षित बनाउन सिसि क्यामेरा र पशल विमाको समेत व्यवस्थापन गरीएको महोत्सव मुल आयोजक समितिका संयोजक विरु रावतले बताए । महोत्सवमा रहने सवै स्टलको निगरानी सिसि क्यामेराले गर्ने पनि उनले बताए । साथै महोत्सवमा राखिएका हरेक स्टलको विमा समेत भैसकेको पनि उनको अभिव्यक्ति थियो ।  महोत्सव मुल समारोह समितिका संयोजक विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सवको सुरक्षा व्यवस्थापनकालागी सुरक्षा अधिकारीहरुलाइ आग्रह गरिएको थियो । कार्यक्रमको सहजीकरण सन्चार संयोजक तथा प्रेस सल्लाहकार शर्द रेग्मीले गरेका थिए ।

यसैबीच महोत्सवको अन्तिम तयारी भैरहेको छ । महोत्सव सुरु हुन दुइदिन मात्रै बांकि रहंदा आयोजक समितिले सवैलाइ निम्तो पठाइसकेको छ । महोत्सवलाइ भव्य र सभ्य बनाउनुकासाथै पर्यटन बर्षलाइ समेत टेवा दिने उदेश्य रहेको पनि तुलसीपुर उद्योग वाणिज्यसंघका महासचिव रुप वहादुर खत्रीले बताए ।

महोत्सवलाइ सफल बनाउन ३१ वटा उपसमितिहरु खटिइरहेका छन् । खासमा महोत्सव तुलसीपुर उद्योग वाणिज्य संघको निर्माणाधिन सभाहलको पुर्णता तथा तुलसीपुरको विमानस्थलको स्तरसबृद्धिकालागी केन्द्रित रहने पनि बताइएको छ । महोत्सवमा १५ करोड भन्दा बाढिको कारोवार हुने र एक करोड बचत हुने पनि आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष रहेको छ । महोत्सवको उद्घाटन सरकारका पर्यटन मन्ँत्री योगेश भट्टराइले शुक्रवार विहान ११ बजे उद्ुघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार