• २०७७ कार्तिक ६ गते बिहिवार

धादिङमा यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

Author Logo..
२०७६ माघ ७ गते मङ्गलवार

काठमाडौं ,  धादिङमा ढोलामण्डली तिर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमा मंगलबार लागेको मेला हेरेर फर्केका यात्रु बोकेको ट्रक दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। धादिङबेँसी फर्कँदै गरेको उक्त ट्रक निलकण्ठ नगरपालिका-९ को मैली भञ्ज्याङमा दुर्घटना भएको हो। ट्रकमा ४० जना भन्दा धेरै यात्रु रहेको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालहरुमा पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार