राप्ती गाउँपालिका वडा नं ६ मा फुटवल, भलिबल खेल प्रतियोगीता सुरु

Author Logo..
२०७६ माघ ७ गते मङ्गलवार


तिर्थराज ज्ञवाली, माघ ७  देउखुरी दाङ । राप्ती गाउँपालिका वडा नम्बर ६ ले खेलाडिको पहिचान तथा विकासको लागि गाउँ स्तरिय फुटवल तथा भलिबल प्रतियोगीता सुरु गरेको छ । वडा नम्बर ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीको अध्यक्षतामा भएको खेल उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवदिले गाँउपालिकाले खेल, खेलाडिको खेलस्तरमा बृद्धिगर्दै समाज र राष्ट्रलाई पहिचान दिन सक्ने खेलाडि निर्माणका लागि खेलकुद प्रतियोगीता आयोजना गरिदै आएको बताए ।

मंगलवार देखी सुरु भएको प्रतियोगीतामा बगरापुर, सगरापुर, पत्थरगढवा, भगवानपुर र मझेरीया गाउँका युवा क्लव तथा बाल क्लवहरुले सहभागीता जनाएका छन् । फुटवल, भलिबल खेल प्रतियोगीतामा ११ टिमले सहभागीता जनाएको वडा सचिव मंगल प्रसाद चौधरीले बताए । फुटवल, भलिबल खेल प्रतियोगीता उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी लगायतकाले खेल र खेलाडिलाई शुभकामना दिएका थिए । विजेता खेल समुहहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार