• २०७७ मङ्सिर ९ गते मङ्गलवार

मेट्रो कलेजको उद्घाटन भोली हुदै, अहिले २५ जनाले विद्यार्थीले अध्ययन गर्दै

Author Logo..
२०७६ माघ ७ गते मङ्गलवार


तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर १२ मा रहेको वहुप्राविधिक शिक्षालय मेट्रो कलेजको बुधवार उद्घाटन हुन लागेको छ । कलेजको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने तुलसीपुर उपमहानरपालिकाले जनाएको छ । उद त्यसैगरी बुधबार विहान ११ बजे उद्घाटन हुने र त्यसको लागी सम्पूर्ण तयारी भईसकेको तुलसीपुर उपहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का वडाऋयक्ष सुर्य बहादुर डाँगी (श्याम)ले बताए ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले यसै शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालन गरेको हो । अहिले कलेजमा बनविज्ञान डिप्लोमाको पढाई हुदै आएको समेत उनले बताए । कलेज संचालन गर्नको लागी ढिलो सम्बन्धन प्राप्त हुदाँ अहिले २५ जना विद्यार्थीहरु पढ्दै आएको प्रवक्ता डाँगीले बताए । कुल ४० जना विद्यार्थीको कोटा हो, उनले भने । तर हामीले मान्यता पाउँदा विद्यार्थीहरु भर्ना हुन सकनेन् ।

हामीले ३७ जना र सिटीभिटी ३ जना विद्यार्थीहरु पठाउने कोटा भएता पनि सिटीभिटीबाट समेत विद्यार्थीहरु आएका छैनन् । त्यसैगरी अहिले कलेजमा पढाउनको लागी यहाँका विभिन्न निजी विद्यालयहरुले नै शिक्षकहरुको ब्यवस्थापन गरेको समेत उनले बताए । अहिले उपहानगगरपालिकाले १ जना कोडिनेटरलाई मात्र तलब खुवाउदै आएको छ । अन्य शिक्षकहरुलाई ति निजी विद्यालयहरुले नै ब्यबस्थापन गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार