• २०७७ कार्तिक १३ गते बिहिवार

सालिकराम आत्महत्या दुरुत्साहन प्रकरण , रवि सहित तीनै जनाले पाए सफाइ

Author Logo..
२०७६ माघ ५ गते आइतवार

चितवन , पत्रकार सालिकराम आत्महत्या दुरुत्साहन मुद्दामा सन्चारकर्मी रबि लामिछनेसहित तिनै जनाले सफाइ पाएका छन । जिल्ला अदालत चितवनले आज तीनै जनालाई सफाइ दिएको हो । आइतबार न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, युबराज कडेल, नर्स अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिने फैसला सुनाएको हो ।

पत्रकार पुडासैनीले गत साउन २० मा भरतपुर नारायणगढ बसपार्कको एक होटलमा आत्महत्या गरेपछि लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो ।

पुडासैनिले रबि लामिछानेसहित तीन जनाका कारण आफुले आत्महत्या गरेको सुसाइट नोट लेखेपछी उनिहरुलाइ पक्राउ गरिएको थियो । पछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख, कडेँललाई ३ लाख धरौटीमा र अस्मितालाई साधारण तारेखमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार