• २०७७ कार्तिक ४ गते मङ्गलवार

सरकारी र निजि अस्पतालबीच सहकार्य आबश्यक छ : रिजाल

Author Logo..
२०७६ माघ ४ गते शनिवार

तुलसीपुर, ४ माघ । निजि अस्पतालहरुको साझा संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यसन नेपालका केन्द्रीय उपाध्यक्ष हरि रिजालले सरकारी र निजि अस्पतालको सहकार्य आवश्यक रहेको बताएका छन् । बुटवलमा भएको संगठनको  प्रदेश ५  को साधारणसभा तथा अधिवेशनलाई उद्घाटन गर्दै उनले स्वास्थ्यको गुण्स्तर सुधार गर्न सरकारी र निजि अस्पतालबीचको सहकार्य आबश्यक रहेको बताए ।

रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रिजालले यस्तो बताए । कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र महतो, लुम्बिनी टेक्निकल इन्स्टिच्यु एण्ड हस्पिटलका अध्यक्ष भिम तुलाचन , लुम्बिनीको अञ्चल अस्पतालका पूर्व अध्यक्ष वावुराम भट्टराई, दिनेश आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मुक्ति राज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार