• २०७७ कार्तिक १२ गते बुधवार

धरौटीमा रिहा भए लगतै विप्लव नेतृत्वका २ जना कार्यकर्ता पुनः पक्राउ

Author Logo..
२०७६ माघ ४ गते शनिवार

घोराही, धरौटी बुझाएर छुटे लगत्तै दाङमा दुई जना विप्लव नेतृत्वका कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चा दाङका जिल्ला अध्यक्ष सुरज परियार र पार्टी सदस्य बाणगंगा नगरपालिका ८ कपिलवस्तुका विष्णु बहादुर रावतलाई दाङ देउखुरी जिल्ला अदालतमा शुक्रवार धरौटी बुझाएर निस्कने क्रममा प्रहरीले पुनः पक्राउ हो ।

उनीहरुलाई पुनः अर्को मुद्धामा कारबाही गर्ने गर्ने उदेश्यले पक्राउ गरिएको हो । गएको असोज ३० गते पार्टीका मध्य कमाण्ड ईन्चार्ज बिरजंग सहित २१ जना बिप्लव नेतृत्वका नेताहरुलाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो ।३ महिना सम्म हिरासतमा बसेका उनीहरुलाई अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

तर पुनः पक्राउ पर्ने देखिए पछि उनीहरु सबै कारागार जाने गएका थिए । त्यस पछि केही दिन पहिले ४ जना नेताहरु धरौटी तिरेर निस्कने क्रममा प्रहरीले पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पु¥याएको थियो ।उनीहरुलाई सर्वोच्च अदालतले छोड्न आदेश दिए पछि रिहा भएको बताईएको छ । एकै साथ पक्राउ परेका मध्य १५ जना नेताहरु विभिन्न कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार