• २०७७ कार्तिक १३ गते बिहिवार

दाङको बेलझुण्डीमा फागुन १० देखी १२ सम्म प्रदेश ५ एक्स्पो हुदै

Author Logo..
२०७६ माघ ३ गते शुक्रवार


दाङ, दाङको बेलझुण्डीमा आउँदो फागुन १० देखी १२ गते सम्म प्रदेश ५ को स्थापना दिवसको अवसरमा हुन लागेको प्रदेश एक्स्पोमा सिकाईको अवसर प्राप्त हुने प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताए । शुक्रवार दाङको बेलझुण्डीमा एक्स्पो सम्बन्धी छलफल कार्यक्रममा मन्त्री केसीले यस्तो बताए । उनले भने ,यसबाट प्रदेश सरकारले २ बर्ष सम्म गरेका गतिविधी र स्थानियतहले गरेको गतिविधीको बारेमा थाहाँ पाउन सकिन्छ । मन्त्रालयबाट मन्त्रलायको र पालिकाबाट पालिका बिच भएको कुराहरुको सिकाई यसबाट लिन सकिने उनले बताए । प्रदेश ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश ५ का १२ जिल्लाका स्थानीय तहको विशेष प्रस्तुति रहने उनले बताए ।

त्यसैगरी १२ वटै जिल्लामा उत्पादन भएका बस्तुहरुको प्रदशनी राखिने समेत उनले बताए । एक्स्पोमा प्रदेश मन्त्रालयले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमा समेत जानकारी गराइने समेत उनले बताए । प्रदेश ५ क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक बस्तुहरुको बारेमा जानकारी गराउँन एक्स्पोमा राखिने उनले बताए ।

३ दिन सम्म चल्ने एक्स्पोमा प्रदेश ५ भित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधि जस्ताको बारेमा समेत जानकारी गराइनेछ । त्यसैगरी मगर, थारु, अवध संस्कृतिको विशेष प्रस्तुति रहने छ ,भने, सारङ्गी वाद्यवादन समेत राखिने भएको छ । नेपाली सेनाले एक्स्पोमा विशेषल स्टल निर्माण गर्ने बताइएको छ । कार्यक्रम सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठी समेत आयोजना गरिने छ । मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश मन्त्रालय, स्थानीय तह, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, नेपाल संस्कृत विश्वविद्याय लगायत सदस्य रहेको मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार