• २०७७ कार्तिक ६ गते बिहिवार

आज देशभर मौसम बदली‚ वर्षा र हिमपात हुने

Author Logo..
२०७६ माघ ३ गते शुक्रवार

दाङ, पश्चिमी न्युन चापीय प्रणालीका कारण दाङ लगायत देशभर वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको महाशाखाले  जनाएको छ यस्तै, शुक्रबार राति  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। पछिल्लो २४ घन्टामा दाङमा २७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विभाग कार्यालय घोराहीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार