• २०७७ मङ्सिर ९ गते मङ्गलवार

पश्चिम दाङमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

Author Logo..
२०७६ माघ ३ गते शुक्रवार

दाङ , दाङमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बिहीबार राती पश्चिम हापुरेबाट रगैंजा तर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाईकल बबई गाउँपालिका ६ स्थित चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका ५ काशीपुर का ५२ बर्षिय चोपीलाल के.सीको मृत्यु भएको हो । के.सी दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर लैजादै गर्दा राती नै बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाईकल तिब्र गति भएर अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार