• २०७७ कार्तिक १३ गते बिहिवार

बञ्जर जमिनमा रोपेको ६ महिना मै ड्रागन फल्यो

Author Logo..
२०७६ माघ २ गते बिहिवार

दाङ, राजनितिलाई त्यागेर ब्यवसायी कृषी पेशामा लागेका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले दाङको विजौरीमा शुरु गरेको ड्रागन फल ( रातीकी रानी) रोपको ६ महिना मै फलाउन सफल भएका छन् । दुई पटक मन्त्री भईसकेका भएका विष्ट मगर पछिल्लो समय राजनीतिलाई छाडेर व्यवसायिक कृषि पेसामा लागेका हुन् । केही वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका उनले करिब १ बर्षदेखी दाङको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा ६६ कठ्ठामा जमिन १५ बर्षको लागी भाडाँमा लिएर ड्रागन फल खेती सुरु गर्नु गरेका थिए । पूर्व पर्यटन तथा स्वास्थ्य मन्त्री विष्टमगरले करिब १५ बर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताए ।

अहिले ठुला ठुला विरुवाहरु भएका छन् । ति विरुवाहरु रोपेको ९ महिना भयो, उनले भने , तर ६ महिना भित्र फल दिएको छ । तर कम फलेको थियो, त्यो समय फल्न समय नभएकाले थोरै फलेको थियो । यो फल्ने समय असारदेखी भाद्र महिना सम्म हो । यो विरुवा रोपको करिब २ बर्ष भित्र फल्ने गर्ने भएता पनि विरुवाहरु छिप्पेको हुनाले रोपको ६ महिनामा फलेको उनले बताए । यो फलको नेपालमा भित्रिएको अहिले १८ बर्ष भयो ।

अहिले संसार ड्रागन फुटमय भएको बताउदै उनले यो फल मानव शरिरमा रोगसंग लड्न सक्ने तत्व पाईने भएकाले अहिले संसारका यसको महत्व बढ्दै गएको उनले बताए । ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ । अहिले रोपेको विरुवाहरु २०/२५ वर्षसम्म फल दिने समेत उनले बताए । अनका अनुसार अबको सिजनमा करिब ४०/५० कुइन्टल सम्म फल्ने समेत छ । एउटा बोटबाट ३ देखी ५ किलो सम्म फल फल्ने उनले बताए । बजारमा अहिले यसको मुल्य ७ सय देखी १९ सय सम्म रहेको समेत उनले बताए । त्यसैगरी उनले कृषीलाई पर्यटनसंग जोड्नको लागी पनि नेपालमा ठुला ठुला फर्महरु संचालन गर्नु पर्ने बताए ।

उनले भने , कृषी आफैमा पर्यटकिय गन्तब्य भएकाले नेपालमा बाझा जमिनमा नयाँ नयाँ खेती गर्नसके पर्यटकिय गन्तब्य हुने हुन्छ । यहाँ मैले नयाँ खेती गरेको छु, यहाँ धेरै यो के हो ? भनेर स्थानिय तथा जिल्ला बाहिरबाट आउनु हुन्छ । त्यसले गर्दा कृषी पर्यटकिय गन्तब्य हुन सक्छ । त्यसैगरी कृषीलाई उद्योगसंग जोड्नु पर्ने बताए । कृषकले उत्पादन गरेको बस्तुहरु जति बिक्री हुन्छ, बिक्छ, नबिकेको बस्तुलाई हामीले प्रयोग गर्न सकिन बस्तु बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार