• २०७७ फाल्गुन १५ गते शनिवार

देशका विभिन्न स्थानमा हल्का पानी पर्ने संभावना

Author Logo..
२०७६ माघ २ गते बिहिवार

काठमाडौं, २ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका बिभिन्न स्थानमा दुई दिन हल्का वर्षा हुने भएको छ । बिहीबार दिउँसोदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबारसम्म हल्का वर्षा हुने देखिए पनि शनिबारबाट मौसममा सुधार हुने महाशाखाले जनाएको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति पनि मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौषमबिदको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार