• २०७७ कार्तिक ४ गते मङ्गलवार

ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

Author Logo..
२०७६ माघ १ गते बुधवार

काठमाडौं , ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ। सानो भर्‍याङ्स्थित उनको घरमा बुधबार बुलेका विस्फोट भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीको प्रराम्भिक विवरणअनुसार विस्फोटबाट ढकालको कारलगयातमा क्षति पुगेको छ। ढकालको घरको गेटमा बम विस्फोट भएको हो। विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको हो। घरका झ्यालका सिसासमेत फुटेको बताइएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।  विस्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको संलग्‍नता रहेको आशंका गरिएको छ। यद्यपि, विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। विस्फोटका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार