• २०७७ मङ्सिर ११ गते बिहिवार

माघी पर्वमा रमाउँदै दाङका थारु समुदाय, ढुङ गीत लोप हुदै गएको प्रति चिन्ता

Author Logo..
२०७६ माघ १ गते बुधवार

घोराही ,थारु समुदायहरुमा यतिबेला माघी पर्वको रौनकता छाएको छ । थारुहरुले माघी पर्व वा माघे संक्रान्तिलाई आफुहरुको नयाँ वर्षको रुपमा मनाउँदै आएका छन । माघी पर्वलाई परापुर्व कालदेखि नै मनाउँदै आएको पर्वलाई झनै तामझामका साथ मनाउन थारु समुदायका मान्छेहरु आ–आफ्नै काम व्यस्त रहेका छन । कतिपय मान्छे खानाका परिकारको व्यवस्थामा जुटेका छन, त केही मान्छे दुना टपरी बनाउनदेखि लिएर आफ्नो कला र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा ब्यस्त रहेका छन । तर, परम्परागत रुपमा मनाउँदै आएको माघी पर्वमा भने विस्तारै केही खानाका परिकार, कला र संस्कृतिहरु लोप हुदै गएको पाइन्छ । यसो हुनु मुलतः पछिल्लो पुस्ताहरुले चासो नदिएको भन्ने सोझै आकलन गर्न पनि सकिन्छ । तर घोराही उपमहानगरपालिका वडा नं १७ क्बाडीमा बस्ने ६७ वर्षकी कौघी चौधरीले बाबा की स घर गै नुहा मै मारिया लाहन टिकुली छुटल पानी घाट सखिया हो ……….गीत गाउँदै पहिलेका मान्छेहरु नहुँदा ढुङ्ग्रु गीत लोप भएको बताईन ।

पहिले माघी पर्वको दिन बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउँन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाचगान गर्ने चलन थियो । तर, अहिले ती पहिलेका मान्छेहरु सबै मरेर गएपछि त्यो चलन विस्तारै हराएर गएको र पहिलेको जति अहिले रमाइलो नहुने पनि उहाँले बताउनुभयो । माघीको दोस्रो दिन आफ्ना चेलिबेटीहरुको घरमा पुगेर निस्राउँ दिने गरेको पनि बताउनुभयो । पहिले चेलीबेटीहरुलाई ढकिया भरी चामल तथा तरकारीहरु दिइन्थ्यो, उनले भनिन, तर, अहिले सर समानको रुपमा पैसा दिइन्छ ।

माघी पर्बमा खानाको रुपमा विशेष गरेर सुंगुरको मासु, आलु, घुइयाँ, तरुल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिग्री आदि परिकारहरु बनाईने गरेको उनको भनाई थियो । त्यसैगरी सोही निबासीका ७२ वर्षिय बेचन चौधरीले पनि पुराना पुस्ताहरु नहुँदा माघीको दिन मादल बजाउँदै, गीत गाउँदै नुहाउन जाने चलन बिस्तारै हराउँदै गएकोप्रति दुःख ब्यक्त गरे । पछिल्ला पुस्ताका मान्छेहरु आफ्नो कला र संस्कृति प्रति खासै चासो नदिएकै कारणले हाम्रा गीतहरु लोप हुदैं गएको बताए ।

अहिले माघी पर्वको दिन खाली नुहाउन गएर घरमा आएर आफू भन्दा ठुलालाई ढोक गर्ने चलन समेत कता कता हराउँदै गएको समेत उहाँले बताउनुभयो । माघी पर्वमा मुख्य परिकारका रुपमा लिइने श्याम जिरा, सेता धान, गक्या, तिल्की धान, मसुली, सिमचारो धान आदि देखिन छोडेको र अहिले प्राय हाइब्रेड धान मात्र पाइने भएकाले खानामा खासै राम्रै नहुने समेत उनको भनाई थियो । माघीको दोस्रो दिन निस्र कारेको ठाउँमा गएर चेलीबेटीलाई निस्राउ दिने चलन भएको पनि उनले बताए थारु समुदायमा रहेको महटावा पर्था जसलाई थारु अगुवा पनि भन्ने गरिन्छ त्यसलाई पनि यहि माघि पर्वको अवसर पारेर चुन्ने प्रचलन हुदा पनि यसलाई थारु समुदायले बिशेष पर्वको रुपमा लिने गरेको थारु कल्यानकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरीले बताए ।

त्यसैगरी उनले गाँउमा माघी पर्वलाई नाचगान गरी महोत्सवको रुपमा मनाउने र अहिले त्यो सबै हराउदै आएको र संग्राहलयको रुपमा रहने हुँदा अरु समुदायले थाहा नपाउने र यो प्रचलन हराउदै गएको बताए । यस्तै माघि पर्व एउटा नयाँ नेतृक्त्व छान्ने र बार्षिक समिक्षा गर्ने थलो र सबै परिवार, गाँउले छिमेकीहरु जम्मा भएर नाँच्ने गाउने सांस्कृतिक सम्मेलनको पर्व र घर छुटिने सबै कार्यहरु यहि पर्वमा गरिने हुँदा यो पर्वलाई थारु समुदायले विशेष पर्वको रुपमा लिने गरेको थारु विश्लेषक कुलबहादुर चौधरी (केबि)ले बताए । दाङ, बाँके, बर्दियालगायत थारु बाहुल्यता रहेका माघि पर्वलाई विशेष र हर्षउल्लासको पर्वको रुपमा मनाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार