• २०७७ मङ्सिर ९ गते मङ्गलवार

दाङ ऋषिले एक माईल हातले टेकेर गिनिज बुकमा नाम लेखाउने

Author Logo..
२०७६ पुष २५ गते शुक्रवार

तुलसीपुर, दाङ तुलसीपुर उपमहानगरपालिका ३ गोटीखोला निवासी ऋषि परियारले एक माईल हातले हिडेर गिनिज बुकमा लेखाउने योजना अघि बढाएको बताएका छन् । शुक्रबार रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलन गरी उनले त्यसका लागि यही माघ ३ गते घोराही उपमहानगरपालिका ९ बुकाली डाँडामा गिनिज बुकको लागि प्रदर्शन गर्ने बताए ।

जहाँ सातवटा क्यामेराले भिडियो खिचेर गिनिज बुकको कार्यालयमा पठाउने तयारी गरेको समेत बताए । उनका अनुसार ५० मिनेटमा त्यो समय पार गर्नुपर्छ । आफुले त्यो समयमा हातले हिडेर एक माईल पार गर्न सक्ने भएपनि आर्थिक अबस्था कम्जोर भएकाले समस्या भएको बताए ।

आफुले हातले टेकेर एक माईल हिडेपछि गिजिन बुकमा नयाँ रेकर्ड कायम हुने भन्दै दाङ मात्रै नभई देशकै नाम उचाईमा पुग्ने भन्दै सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।‘ म यो कार्य गर्न सक्छु, तर म संग आर्थिक छैन्, त्यसले गर्दा समस्या भएको छ’ उनले भने ‘ सबैको सहयोग पाए मैले गिनिज बुकमा नाम लेखाउन सक्छु ।’ करिब १० लाख रुपैँया आबश्यक पर्ने भएपनि अहिले आफुसंग पैसा नहुदाँ आर्थिक अभाब भएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार