• २०७७ मङ्सिर ९ गते मङ्गलवार

प्यूठानमा बसले ठक्कर दिदा एकको मृत्यु

Author Logo..
२०७६ पुष २५ गते शुक्रवार

प्यूठान, प्यूठानमा बसको ठक्करबाट स्वर्गद्वारी दर्शनका लागि आएका भारतीय दर्शनार्थीको मृत्युु भएको छ । शुक्रबार विहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका २ बाइनेटा भारतको यु.पी. सराबस्ती बस्ने २६ बर्षीय गुरु प्रसाद यादवलार्इ ठक्कर दिदां घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । अर्का सोहि स्थानका २३ बर्षीय नथुराम यादवलाई ठक्कर दिँदा बाँया खुट्टा भाँचिएको र उपचारको लागी दाङ तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए। मृतक र घाईते सोही बसमा स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण गाडीबाट झरी पैदल हिडी अगाडी जाने क्रममा घटना भएको प्रहरीले जनाएको छ । गाडी र चालक प्रहीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार