• २०७७ मङ्सिर ११ गते बिहिवार

उच्च अदालत तुलसीपुरमा मुद्धाको चाप

Author Logo..
२०७६ पुष २३ गते बुधवार

 

तुलसीपुर, उच्च अदालत तुलसीपुरमा मुद्धाको चाप बढेको छ । तर अदालतले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १३९ दशमलव २० प्रतिसतले लक्ष्य भन्दा बढि न्याय सम्पादन गरेको छ । गत आर्थिक बर्ष जिम्मेवारी सरेको १ सय ९५ वटा मध्ये पहिलो चौमासीकमा १ सय ७४ फछर्यौट गरिएको अदालतले जनाएको छ । उच्च अदालत तुलसीपुरमा बुधबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मुख्य न्यायाधिश रमेशप्रसाद पोख्रेललेले चालु आर्थिक बर्षको पहिलो चौमासिकको साउन महिनामा लक्ष्य ३ र प्रगति ३ अर्थात सत प्रतिशत बताए । भदौमा लक्ष्य २९ र प्रगति ६१,असोज लक्ष्य १७ र प्रगति २५,कार्तिक लक्ष्य ३१ र प्रगति ५२ र मंसिर महिनामा लक्ष्य ४८ र प्रगति भने ३३ रहेको उनले बताए । अन्य महिनामा न्याय सम्पादनमा कुनै पनि समस्या नभएतापनि गत मंसिरमा भएको उपनिर्वाचनका कारण लक्ष्य अनुसार न्याय सम्पादनमा कमि भएको उनले बताए । निर्वाचनमा न्यायाधिशले निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले अदालतमा हुनै दैनिक कार्य सम्पादनमा ढिलाई हुने गरेको मुख्य न्यायधिस पोखरेलले बताए ।

उच्च अदालत तुलसीपुरको कार्य योजना अनुमान अन्तर्गत ५सय ७९ वटा अनुमानित नँया दर्ता र अनुमानित जम्मा दर्ता ७ सय ७४ वटा छन् । ति मध्ये ४ सय ८५ वटा अर्थात ६३ प्रतिसत फछर्यौट गरीएका मुख्य न्यायाधिस पोख्रेलले बताए । मुख्य न्यायाधिश पोख्रेलका अनुसार हाल अदालतमा मुद्धाहरुको स्थितिमा बार्षिक लगायत अनुमान शुरु मुद्धा ९,जिम्मेवारी सरेको ३,नँया दर्ता ३,जम्मा लगत ६,बार्षिक फछर्यौट ८,जम्मा फछर्यौट ३ र बाँकी मुद्धा ३ रहेको छ । पुनराबेदनमा बार्षिक ५ सय ३,जिम्मेवारी १ सय ७९,नँया दर्ता २ सय १२,जम्मा लगत ३ सय ९१,बार्षिक फछर्यौट ४ सय ३०,जम्मा फछर्यौट १ सय २६ र बाँक २ सय ६५ छन् । अदालतमा रिट ६७ बार्षिक लगत अनुमान रहेकोमा जिम्मेवारी सरेको १३,नँया दर्ता १४,जम्मा लगत २७,बार्षिक फछर्यौट लक्ष्य ४७,जम्मा फछर्यौट १२ र बाँकी १५ छन् ।

त्यस्तै बार्षिक अनुमान ५ सय ७९,जिम्मेवारी सरेकोे १ सय ९५,नँया दर्ता २ सय २९,जम्मा लागत ४ सय २४,बार्षिक फछर्यौैैट ४ सय ८५,जम्मा फछर्यौट १ सय ४१ र बाँकी २ सय ८३ छन् । निबेदन,प्रतिबेदन र फुटकर निबेदन अन्तर्गत बार्षिक लगत अनुमान १ सय ८४,जिम्मेवारी सरेको १,नँया दर्ता ७१,जम्मा लगत ७२,बार्षिक फछर्यौट १ सय ८४,जम्मा फछर्यौट ६१ र बाँकी ११ वटा रहेका उच्च अदालत तुलसीपुरले जनाएको छ ।
प्रदेश नम्वर ५ का १२ वटा जिल्ला अदालत,उच्च अदालत बुटवल ईजलास र उच्च अदालत नेपालगञ्ज ईजलास समेत गरी उच्च अदालत तुलसीपुरले १५ वटा अदालत निरिक्षण र अनुगमन गर्छ ।

उच्च अदालत तुलसीपुमा मुद्धाको चाप बढी हुने तर न्यायाधिसको संख्या भने कमि रहेको छ । मुख्य न्यायाधिश १ र अन्य न्यायाधिश ३ समेत ४ जना न्यायाधिश कार्यरत छन् । यसअघिको न्यायाधिशको दरबन्दी कटौति गरीएका कारण न्यायाधिशको संख्यामा कमि भएको हो । जसका कारण न्याय सम्पादनमा समस्या भएको निमित्त रजिष्ट्रार प्रेम खडकाले बताए । उनका अनुसार सबै भन्दा बढी मुद्धा जर्वजस्ती करणीका छन् । त्यसबाहेक बैकिङ कसुरका मुद्धाको चाप बढ्दो रहेको उनले बताए । बैकंका रकम अपचलन र चेक बाउन्सका मुद्धा बढदो क्रममा रहेका उनले बताए । अन्तरक्रिया कार्यक्रममा अदालत सम्म नागरिकको पहँच बढाउन गर्नुपर्ने पहलको बारेमा पत्रकारहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार