• २०७७ मङ्सिर ११ गते बिहिवार

दंगीशरणका किसानहरु पशुपालनमा क्रियाशिल

Author Logo..
२०७६ पुष २३ गते बुधवार


दंगीशरण, दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यही बुंगुरबाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो ।
चौधरीले बुंगुर पालन गरेको करीव ८ बर्ष भयो । ‘एक लटमा १३ देखी १४ वटा बुंगुरहरु खोरमा हाल्छु ।’ उनले भने – ‘व्यवसाय फस्टाउनका लागि गाउँपालिकाबाट सहयोगको आशा छ । हामी कृषकका लागि यस्तै पशुपालन सम्बन्धि तालीम र गोष्ठीको आयोजना गरिनुपर्छ ।’
दंगीशरण वडा न. ३ की पार्वता कंडेल १ भैसी ६ वटा बाख्रा पालेकी छिन् । ४६ साल देखी पशुपालन व्यवसाय गरेकी कंडेल बार्षिक ४० देखी ३० लाखसम्म आम्दानी गर्छीन् । उनले गाउँपालिकाको पशु शाखाबाट एउटा वयर बोका अनुदानमा पाईन् । ‘दुई बर्षमा राम्रै आम्दानी हुन्छ भन्ने लागेको छ ।’ कंडेलले भनिन् ।
वडा न. ५ का रमेश श्रेष्ठले वंगुर फर्म खोलेको भरखरै मात्र हो । तर व्यवसाय फस्टाउँदै गएको छ । फर्मलाई व्यवस्थापन गर्न पक्की टहरा निर्माण कार्य हुदैछ । अव मेरो व्यवसाय नै बंगुर पालन हुनेछ श्रेष्ठले भने । दंगीशरण गाउँपालिका पशु शाखाले आयोजना गरेको पशुपंक्षी विमा सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठीमा पशु किसानहरुले यस्तो बताए ।
उनीहरुले एउटै माग राखे गाउँपालिकाले अनुदानमा पशु दिए व्यवसाय अझै फस्टाउँदै जाने थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले पशु किसानहरुले पशु विमा गर्दा लाभदायी हुने बताए ।
यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले यो बर्ष किसानहरुका लागि वाख्रा पकेट कार्यक्रम संचालन गरेको बताईन् ।
उन्नत जातका बाख्रा पालनबाट राम्रो आम्दानी लिन सकिने भन्दै खड्काले पिपिआर रोगबाट बचाउँन जरुरी रहेको बताईन् । अरु भन्दा पानी किसानहरुको लागि पशु पालन व्यवसाय तथा कृषिबाट फलदायी हुने बताईन् । गोष्ठीमा पशुशाखा अधिकृत दामोदर आचार्यले पशु विमा गर्नाले हुने फाईदा, महत्व, आवश्यक्ता, पशु विमा गर्ने प्रक्रिया, नेपालमा पशु विमा गर्नुको फाईदा, विमा लेख दावी सम्बन्धि प्रक्रिया, कृषि विमा भनेको के हो ? लापरवाहीबाट हुने क्षेती, विमालेखले रक्षा गर्ने कुराहरुलगायतका बिषयमा जानकारी गराएका थिए ।
गोष्ठीमा दंगीशरण गाउँपालिकाका ७ वटै वडाका पशु किसानहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार