• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा बुधबार हुन लागेको माघ विशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा

Author Logo..
२०७६ पुष २२ गते मङ्गलवार

तुलसीपुर, तुलसीपुरमा बुधबार हुन लागेको माघ विशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । तुलपसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी माघ विशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी गराएको हो । थारु समुदायको मौलिक पहिचान जगेर्णाका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा नमुना भुइँह्यार थान समितिका अध्यक्ष रामशरण चौधरीले बताए ।

साथै आगामी दिनहरुमा यही भुइँह्यार थान समितिको नेतृत्वमा विभिन्न महटवा संगठन स्थापना गर्ने, भुइँह्यार थान निर्माण गर्ने लगायतका योजनाहरु पनि रहेको बताए । थारु कला संस्कृति हमार पहिचान सांस्कतिक विकासक लाग हमार अभियान भन्ने नाराका साथ हुने कार्यक्रममा बुधवार बिहान ११ वजे भुइँह्यार थानबाट थारुहरुको मौलिक पहिचान झल्किने , भेषभूषा सहितकोे ¥यालीले तुलसीपुर वजारको परिक्रमा पछि पुनः भुइँह्यार थानमा गएर सभामा परिणत हुने समितिका अध्यक्ष चौधरीले बताए ।

प्रत्येक बर्ष माघीको अवसरमा यो कार्यक्रम हुदै आएको पनि उनले बताए । कार्यक्रममा थारु संस्कृति झल्किने मघौटा नाचको प्रस्तुतिका साथै तुलसीपुर उपमहानगरपालिका भित्रका थारु महटवा, थारु गुरुवा, सुडेनीहरु, पत्रकारलाई सम्मान गरिने भएको छ । तुलसीपुरमा निर्माण हुने थारुहरुको बहुआयामिक सभाहलको शिलान्यास पनि भोली गरिने समितिका अध्यक्ष बताए । भवनको उद्घाटन प्रमुख अतिथि प्रतिनिभिसभा सदस्य हिराचन्द्र केसीले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार