• २०७७ कार्तिक १३ गते बिहिवार

प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य पदका लागि ९ जनाको उम्मेदवारी

Author Logo..
२०७६ पुष २० गते आइतवार

 

घोराही, राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते हुने निर्बाचनका लागि प्रदेश ५  बाट ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ४ राजनीतिक दलका तर्फबाट ९ जना नेताले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश ५ को दाङमा रहेको मुख्य निर्बाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्बाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गोपाल भट्टराई रुपन्देही, बिमला घिमिरे कपिलबस्तु र जगप्रसाद शर्मा अपारले दाङबाट उम्मेदवारी दर्ता गराएका छन् । भट्टराई अन्य समुदाय, घिमिरे महिला र शर्मा अपांग कोटाबाट उम्मेदवार बनेका हुन् । यस्तै नेपाली काँग्रेसबाट गिरिजा देबी न्यौपानेले दाङ, बालकृष्ण पाण्डे अर्घाखाँची र मेराज अहमद हलवाई बाँकेले उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेसका तर्फबाट न्यौपाने महिला, पाण्डे अन्य र हलवाई अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका हुन् । निर्बाचन अधिकृत तथा दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायधीश रितेन्द्र थापाका अनुसार समाजबादी पार्टीका तर्फबाट अल्पसंख्यक कोटामा बाँकेबाट सुनिल सिंघल र कृष्णप्रसाद यादब बर्दियाबाट अन्यबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका तर्फबाट अन्य समुदायको तर्फबाट कपिलबस्तुका शिब पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । निर्बाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो सहभागीतामा उम्मेदवारहरुले नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार