घोराही,तराईका उखु किसानलाई उखु उद्यमीले गरेको ठगीको बिरोधमा यहाँका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिवार दाङ घोराहीमा संचालित मदन भन्डारी मेमोरियल कलेजमा कृषि संकायमा अध्यनरत विद्यार्थीहरुको अगुवाइमा भएको दबाब प्रदर्शनमा विद्यार्थीहरुले वास्तविक किसानले अनुदान नपाएको, कृषकले पसिनाको मूल्य नपाएको, उद्योगीहरुले किसानलाई तिर्न बाकी बक्यौता रकम दिन पर्ने जस्ता मागहरु विद्यार्थीले अगाडी सारेका थिए । उनीहरुले उखु किसानर सरकार बीच भएको पाँच बँुदे सहमती अबिलम्ब कार्यान्वयन गर्नपर्ने लगायतका माग समेत गरेका थिए ।
घोराहीको तुलसीपुर चोकबाट विभिन्न नारा लगाउँदै न्यू रोड, दामोदर चोक, नेपाल बैंक हुँदैसहिद उमेश मार्गमा पुगेर प्रदर्शन कोण सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै अभियान्ता एवं कृषि विषय अध्यनरत विद्यार्थीहरुले यही अवस्था रहे हजारौं कृषी विद्यार्थीको समेत भविष्य अन्योल रहने धारणा राखेका थिए ।