• २०७७ कार्तिक ६ गते बिहिवार

राष्ट्रियसभाका लागी कांग्रेसले १४ जना उम्मेदवारको नाम टुंगो लगायो

Author Logo..
२०७६ पुष १९ गते शनिवार

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ । रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ । कांग्रेसले प्रदेश नम्बर ५ मा दाङबाट महिला तर्फ गिरिजा न्यौपाने, अन्यतर्फबाट बालकृष्ण पाण्डे अर्घाखाची र अल्पसंख्यक्अपाङ्गता तर्फबाट बाकेका मेराज हलवाई उम्मदेवार बनाएको छ । त्यसैगरी प्रदेश नम्बर १ बाट निरबहादुर विश्वकर्मा, मीना पुलामी र राजेन्द्र घिमिरे प्रदेश नम्बर २ बाट नगिना यादव र भोला पन्जियार, प्रदेश नम्बर ३ बाट हरिशरण श्रेष्ठ र छलीकुमारी शर्मा उपाध्यायलाई उमेद्वार बनाएको छ ।

यसैगरी गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी, विमला गौचन, सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई राष्ट्रिय सभाको निर्वाचनका लागि उमेद्वार बनाएको छ । माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुदैछ । आइतबार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार