• २०७७ कार्तिक ६ गते बिहिवार

शान्तिनगर ३ नेपाल राष्ट्रिय प्राबिका विद्यार्थीले खोलाको पानी पिउन बाध्य

Author Logo..
२०७६ पुष १९ गते शनिवार

शान्तिनगर, दाङको शान्तिनगर वडा नम्बर ३ मा रहेको नेपाल राष्ट्रिय प्राबि केराघारी स्थापना भएको ६० बर्ष पुगि सक्यो । तर बालबालिकाहरुले खोलाबाट बोकेर पानी पिउँन बाध्य छन् ।
६० औ बार्षिकत्सवका अवसरमा  बिहीबार आयोजीत कार्यक्रमका सहभागिहरुले पिउने पानीको ब्यबस्था अझैपनि हुन नसक्दा चिन्ता ब्यक्त गरेका छन् ।
पञ्चायत, बहुदल, राजाको प्रत्यक्ष शासन र गणतान्त्रिक ब्यबस्थाको समेत अनुभूति गरी सकेको केराघारीको उक्त बिद्यालयलमा अझैपनि पिउनका लागि केराघारी खोलाबाट गाग्रोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।

खोलाको दुषित पानी गाग्रोमा बोकेर ल्याउनुपर्ने बाध्यता पनि बालबालिकाहरुकै हो । बिद्यालयमा शौचालय छ । तर पानी नहुदा खुल्ला दिशापिसाव गर्न बाध्य छन् ।
शिक्षक दरबन्दी १ जना,राहत १ जना र गाँउपालिकाबाट १ जना गरी ३ जना शिक्षक कार्यरत बिद्यालय कक्षा ५ सम्म सञ्चालनमा छ ।

अधिकास दलीत र केही जनजाति समुदायका झण्डै ८५ जना बालबालिकाहरु अध्ययनरत उक्त बिद्यालयमा अन्य भौतिक पूर्बाधार निर्माणका काम भने भई रहेका छन् ।  बार्षिकत्सव बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरबहादुर बिकको अध्यक्षता एबम प्रदेश सभासदस्य बिमला वलीको प्रमुख आतिथ्य,प्रदेश सभासदस्य धमकली चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

त्यसअवसरमा शान्तिनगर गाँउपालिकाका सामाजिक बिकास समितिका संयोजक धनबहादुर केसीले बिद्यालयमा आबश्यक पिउने पानी लगायतका पूर्बाधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार