• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसी र ज्ञानज्योती ईन्टर स्कुल फुटसलको फाईनलमा भिड्ने

Author Logo..
२०७६ पुष १८ गते शुक्रवार


लक्ष्मण बस्नेत , १८ पुस ,तुलसीपुर । तुलसी माबी तुलसिपुर र पब्लिक ज्ञानज्योती तुलसिपुर दोश्रो ईन्टर स्कुल फुटसलको फाईनलमा भिड्ने भएका छ्न् । दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु प्रतियोगिता को सेमिफाइनलमा राप्ती बाल एकाडेमी तुलसिपुर लाई एक का विरुद्ध १३ गोलको भारी अन्तरले पराजित गर्दै ज्ञानज्योति (ए)ले फाईनल यात्रा तय गरेको हो । त्यस्तै ज्ञानज्योती बि लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै तुलसी माबी ले पब्लिक ज्ञान ज्योती संग को फाईनल भिड्न्त पक्का गरेको हो ।
तुलसिपुर युथ क्लबको आयोजनामा तुलसिपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता फाईनल खेल सनिवार दिउँसो १ बजे हुने दुर्गा राज लवट ले जानकारी दिएका छ्न ।
स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १५ हजार मेडल, प्रमाणपत्र हात पार्ने छ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तथा प्रत्येक म्याच मा म्यान अफ द म्याच हुने खेलाडी लाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार