दाङको बेलझुण्डीमा मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

Author Logo..
२०७६ पुष १८ गते शुक्रवार

तुलसीपुर, दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ घर भई हाल तुलसीपुर ६ बरुवा गाउँमा बस्दै आएकी २४ बर्षीया पवित्रा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहीवार बेलुका सवा ८ बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाईलक तुलसीपुरको बेलझुण्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राप्ती लाईभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्र बहादुर डम्मरपालले बताए ।

मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४८ बर्षीय कुलबहादुर डाँगी सामान्ने घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार