• २०७७ कार्तिक ६ गते बिहिवार

गणतन्त्र राष्ट्रिय दैनिकको स्थापनको अवसरमा तुलसीपुरमा रक्तदान

Author Logo..
२०७६ पुष १७ गते बिहिवार

तुलसीपुर, दाङको घोराहीबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३ औ बार्षिक उत्सवका अवसरमा बिहीबार तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ । बार्षिक उत्सवलाई मनाउने सन्दर्भमा  कालिकादेवी रक्त सञ्चार केन्द्र तुलसीपुरमा रक्त दान कार्यक्रम गरीएको हो । रक्तदान कार्यक्रम अघि आयोजीत शुभकामना आदान प्रदान कार्यक्रम समेत गरीएको थियो ।

उक्त पत्रिकाका तुलसीपुर प्रतिनिधि यमकला भूषालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर प्रताप पोख्रेलले सञ्चार क्षेत्रले देश र नागरिकका लागि खेलेको भूमिकाको बारेको चर्चा गरेका थिए ।
सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजालले सामाजिक उत्तरदायित्व बहनमा गणतन्त्र राष्ट्रिय दैनिकले अहम भूमिका खेल्दै आएको बताए।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेतले राप्ती प्रादेशिक अस्पतालको बिकास र रक्त सञ्चार सेवाको सञ्चालनमा पत्रकार,नागरिक समाज, राजनीतिककर्मी, संघ संस्थाहरुको योगदानको स्मरण गरे । श्रमजिबिहरुका लागि निर्धारण गरीएको न्यूनतम पारिश्रमीक अझै लागुहुन नसकेको गुनासो गरे । उनले स्थानिय तहबाट सञ्चार संस्थाहरुलाई हेर्ने दृष्टीकोण समान हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार