बंगलाचुली गाउँपालिका ४ गँदारीको घर–घरमा खानेपानी

Author Logo..
२०७६ पुष १५ गते मङ्गलवार

कमिरेचौर ,१५ पुस । दाङको बंगलाचुली गाउँपालिका वडा नं ४ गँदारीमा खानेपानी पुगे पछि त्याँका जनताहरु खुसी भएका छन् । नेपाल सरकारको एक घर एक धारा भन्ने निति अनुसार गँदारी टोलमा एक घर एक धारा संचालनमा आएपछि त्यहाँका स्थानिय हर्षित भएका हुन । गँदारी टोलका ३२ घर परिवार अहिले घंण्टौ लाईनमा बसेर कुवाको पानी खानु पर्ने बाध्यता बाट मुक्त भएका छन् ।

यस अघी खोलाको दूषीत पानी खान बाध्य भएका गँदारी बासीहरु यस पटक बंगलाचुली गाउँपालिकाले विनियोजन गरेको २५ लाखको लागतमा साडेचार किलोमिटर पाईप लाईन विच्छाएर खानेपानी गाउँमा पुराईएको बंगलाचुली गाउँपालिका वडा नं ४ का अध्यक्ष नारायण डाँगीले बताए। यसैविच एक कार्यक्रमका विच खानेपानी को उद्घघाटन समेत गरीएको छ ।

बंगलाचुली गाउँपालिका वडा नं ४ का अध्यक्ष नारायण डाँगीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा खानेपानि योजना उद्घघाटन गरीएको हो । सो अवसरमा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जनताले आभाष गर्ने गरी जनताकै सेवामा आफुहरु लागिरहेको बताए ।

उनले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नका लागि स्थानिय सरकार लागि परेको बताए । सो अवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापा मगर,खानेपानी डिभिजनका ईन्जिनियर तिलक न्यौपाने,नेपाल रेडक्र सोसाइटी कमिरेचौर उपशाखा सभापती चुरामणी नेपाली,शिक्षक संगठनका शोम वली, लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार