घोराही, १४ पुस । घोराही उपमहानगरपालिकाको छैठौँ नगरसभा सुरुभएको छ । सोमबारबाट सुरुभएको नगरसभामा १२ वटा कार्यविधीहरु पेश भएका छन् । नगर प्रमुख नरुलाल चौधरीले सभाबाट अनुमोदन सहित पारितका लागि विभिन्न एक दर्जन कार्यबिधीहरु पेश गरे । जस अन्तरगत आपतकालिन कार्य सञ्चालन कार्यबिधी, करारमा प्राविधिक र अन्य कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यबिधी, नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यबिधी, शिक्षक दरबन्दी मिलान तथा विद्यालय नक्सांकन सम्बन्धी कार्यबिधी सभामा पेश भएको छ ।
त्यसैगरी, अस्थायी सेवा अबधी गणना कार्यबिधी, नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यबिधी, तलाउ सञ्चालन तथा व्यवस्थापन कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती र नविकरण सम्बन्धी कार्यबिधी नगर प्रमुख चौधरीले सभामा पेश गरे ।यसैगरी, निजी जग्गाको ढुंगा, गिट्टी, बालुवा, माटो उत्खनन् संकलन तथा ढुवानी व्यवस्थित गर्ने कार्यविधी, व्यवसायीक तरकारी उत्पादन कार्यबिधी, कृषि यान्त्रिकरण अनुदान सञ्चालन कार्यबिधी र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यबिधी लाई अनुमोदन गर्न नगर सभामा पेश गरिएको छ ।
साथै ६ महिनाको अबधीमा नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि सभाले अनुमोदन गरेको छ । यसैगरी, अहिले सम्म ३९ वटा कार्यबिधी, ९ वटा ऐन, ४ वटा निर्देशिका र ३ वटा नियमावली बनेको नगर प्रमुख चौधरीले सभामा जानकारी दिए । यसैबिच सभाले घोराही उपमहानगरपालिका वडा नम्बर ८ ढिकपुरको केही क्षेत्रलाई वडा नम्बर ९ मा गाभ्ने स्थानिय र वडा कार्यालयहरुको सहमती सहितको पत्र अनुसार सिमाना हेरफेर सम्बन्धी प्रस्ताबलाई सर्वसहमतीले पारित गरेको छ ।
नगरसभाको अर्को बैठक आगामी २० गते दिउँसो १ बजेका लागि बोलाईएको छ । सो दिन चालु आर्थिक बर्षमा योजना संशोधन तथा जग्गा सट्टापट्टा सम्बन्धी विषयमा छलफल समेत हुने नगर प्रमुख चौधरीले बताए ।