तुलसीपुर, दाङको तुलसीपुर उपमहानगरपालिकाले मंगलवार केहि वडा विद्यालयहरुमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ जातिको तमू ल्होसारको अवसरमा शैक्षिक संस्थाहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका वडा नम्बर १, ३, ४, ५ , ६ र ८ मा शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको हो । ति वडाहरु गुरुङ जातिको बाहुल्यता रहेका वडाहरु रहेको भन्दै तुलसीपुर उपमहानगर शिक्षा समितिले शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गरेको सूचना अधिकारी झरेन्द्र खरेलले बताए ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं ९ ले पनि निजी तथा सरकारी विद्यालयहरुलाई विदा दिएको जनाएको छ । शिक्षा समितीले ६ वटा वडामा मात्र दिएको भएता पनि ल्होसारको अवसरमा वडा नम्बर ९ मा मेला लाग्ने भएकाले वडा कार्य समितीको बैठक गरी मंगलबार बिदा दिने निर्णय गरेको वडा अध्यक्ष घनश्याम ढकालले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस