पर्यटकको केन्द्र बन्दै राप्ती शान्ति उद्यान

Author Logo..
२०७६ पुष १४ गते सोमवार

तुलसीपुर, कुनै समयमा नामको मात्र रहेको पार्कमा हिजो आज भौतिक संरचना र अन्य पर्यटकलाई आकर्षण गर्ने संरचनाहरु बन्दै गएपछि स्थानिय पर्यटकको निकै भिडभाड हुने गर्दछ । दाङको तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा राप्ती शान्ति उद्यान निमार्ण गरिएको थियो ।
विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिले जनाएको छ ।
अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ५÷७ सय र विदाको दिनका ३÷४ हजार स्थानिय पर्यटकहरू आउने गरेको उद्यानका अध्यक्ष डिल्ली भण्डारीले बताए । करिब १५ विगाह क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । तर उद्यानमा प्रयाप्त मात्रामा बजेट नहुदाँ सोच जस्तो काम नभएको अध्यक्ष भण्डारीले बताए । यो उद्यानलाई विकास गर्न अहिले प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाले ५०÷ ५० लाख बजेट छुट्टाएको र त्यसैले काम गर्न लागेको उनले बताए ।

त्यसैगरी यसपार्कलाई बोटानिकल पार्कका रुपमा बनाउन लागेको समेत उनले बताए । उद्यान भित्र बालबालिकाहरूका चिल्डेन पार्क, बनभोजको लागी ठाउँको ब्यवस्था भएपनि चिडिया घर निर्माण भएको छ । तर त्यो खाली रहेको छ । उद्यान घुम्न आउनु भएकी शान्तिनगर २ कि कल्पना डाँगीले पहिलाको भन्दा धेरै राम्रो भएको बताईन् । म २÷३ पटक यहाँ आएकी थिए, उनले भनिन् , तर हिजा आज धेरै परिर्वतन भएको रहेछ । त्यस्तै अर्का तुलसीपुरका निर्मल कुमार आचार्यले पछिल्लो समयमा उद्यानमा धेरै प्रगति भएको बताए । यसरी नमुना बनाउनको लागी प्रदेश सरकार र स्थानिय सरकारले ध्यान दिनु पर्ने बताए । पहिलेको तुलनामा अहिले पार्क भित्र धेरै संरचना बनेका रहेछन् । यसले गर्दा पनि यहाँ घुम्न धेरै आउने विश्वास गरे ।

यता तुलसीपुर उपहानगरपालिकाले यहि पुस १६ गते देखी घुम्न जाउँ तुलसीपुर अभियान शुरु गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ । यस उद्यानलाई जिल्ला कै पर्यटकिय कन्द्रका रुपमा विकास गर्न प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिका लागी परेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले बताईन् । त्यसैगरी उपमहानगरले दाङ र तुलसीपुर उपमहानगरपालिका भित्र रहेका पर्यटकिय स्थलको प्रचार प्रचार गर्नको लागी घुम्न जाउँ तुलसीपुर अभियान शुरु गर्न लागेको बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार