तुलसीपुर, दाङको एक गाउँपालिकाका वडाका जनप्रतिनिधी र कर्मचारीहरु भ्रमणमा जादाँ सेवामा समस्या भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ का जनप्रतिधिनी र वडाका कर्मचारीहरु ५ दिने भम्रणमा जादाँ नागरिकहरुले सेवा नपाएको गुनासो गरेका छन् । वडाध्यक्ष दिपक गौतमसहितको टिम यहि पुस ९ गते देखी १३ गते सम्म कृषी भ्रमणको लागी गएपछि त्यसवडा नागरिकहरुले सेवा नपाएको गुनासो गरेको छन् ।
सोही वडाका काठमाडौं बस्दै आएका विष्णु लामिछानेले जग्गाको अंशवडा सम्बन्धि कामको लागी छोटो विदा लिएर आएको भएता पनि जनप्रतिनिधी कर्मचारी नहुदाँ सेवा नपाएको गुनासो गरे । मैले छुट्टिलिएर आएको थिए, उनले भने, तर मेरो काम भएको छैन्, एउटा कामको लागी म कति पटक आउने । त्यसैगरी सोहि वडाकी सृजना केसीले पनि ४ दिन देखी सेवा नपाएको गुनासो गरिन् । नाता प्रमाणितको कागज बनाउनु पर्ने भएकाले ३÷४ दिन देखी बनाउन खोजेको भएता पनि वडामा कोहि नहुदाँ बनाउन नपाएको उनले बताईन् । यता वडाध्यक्ष दिपक गौतमले भने आफुले कार्यबाहक लिलावती दमाईले दिएर आएको बताए ।
त्यसैगरी उनले वडाबाट प्रदान गरिएको सेवा समेत नरोकिएको बताए । साथै आफुहरु आज नै आईपुग्ने बताए । तर वडा अध्यक्षले कार्यबाहक दिएको भनिएकी दलित महिला सदस्य लिलावती परियारले भने आफुलाई वडाको ढोका मात्र खोल्न भनि ताला चापी दिएको बताईन् । त्यस बाहेक अन्य कुनै नभनेको र आफुले वडा कार्यलय खोल्दै आएको बताईन् । त्यसैगरी गाउँपालिकाले आज मात्रै कामलाई प्रवाह गर्न एक जना कर्मचारी खटाएको जनाएको छ ।
सबै तिरबाट गुनासो आएपछि आज एक जना कर्मचारी पठाएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए । उहाँहरु कृषी भम्रणको लागी जानु भएको थियो, उनले भने, तर बसै ब्यवस्था गरेर जानु भएको होला भन्ने ठानेका थियौँ । तर जनगुनासो आएपछि मात्र थाहाँ पाएपछि गाउँपालिकाबाट कर्मचारी पढाएको हौँ । त्यसैगरी उनले आगामी दिनहरुमा यस्ता कमि कम्जोरी हुन नदिने बताए ।