लमही १२ पुस । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले समाज रुपान्तरण तथा मुलुकको सम्वृद्धिका लागि शिक्षा आवश्यक रहेको बताएका छन् । बाल जनता आधारभुत विद्यालय लमही नगरपालिका ३ बनगाउँको २५ औँ अभिभावक भेलालाई शुक्रवार उद्घाटन गर्दै नगर प्रमुख केसीले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका नगर प्रमुख केसीले विकास भनेको बाटाघाटा,पाटीपौवा, पुलपुलेसा लाई मात्र भनेका छौ, तर त्यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने काममा पनि शिक्षा नभई नहुने भएकाले अव शिक्षाको ज्योती घरघरमा पु¥याउन सक्नुपर्ने बताएका छन् ।
साथै उनले अव नगर क्षेत्र भित्र कोही पनि बालबालिका गरिव भएकै कारण, अभिभावक गुमाएकै कारण शिक्षाबाट बञ्चित हुनु पर्ने बाध्यताको अन्त्य नगरपालिकाले गरेको छ । स्कुल भर्ना गर्न नसक्ने तथा अभिभावक नभएकै कारण पढ्नबाट बञ्चित बालबालिकालाई नगरपालिकाले पढाउने प्रतिवद्धता समेत जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज डिसीको अध्यक्षता एवम् नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।