सिसहनियाँ १२ पुस । दाङ देउखुरीको सिसहनियाँमा पुस १७ गते देखि माघ २ गते सम्म सञ्चालन हुन लागेको प्रथम औधोगिक,कृषि तथा व्यापार मेलाको उद्घाटन गर्न प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी(सोनाम) आउने भएका छन् ।
सिसहनियाँ उद्योग वार्णिज्य संघको आयोजनामा कृषि उद्योग व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान(स्वच्छ सुन्दर सम्वृद्व सिसहनियाँ हाम्रो अभियान भन्ने मुल नाराका साथ सिसहनियाँमा बहुउद्देश्यीय सभाहल बनाउने मुख्य उदेश्यका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ को दोलाइखोला पुलको उत्तर तर्फको पलाटिङ क्षेत्रमा सञ्चालन हुने महोत्सवलाई उद्घाटन गर्न मन्त्री सोनाम आउने पक्का भएको उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।