शिक्षामा रुपान्तरण आवश्यक छ : व्याकुल माईला

Author Logo..
२०७६ पुष ११ गते शुक्रवार

तुलसीपुर, राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई व्याकुल माइलाले शिक्षामा रुपान्तरणको आवश्यकता रहेको बताए । शुक्रबार दाङको तुलसीपुर २ मा.वि बालापुरमा आयोजना गरेका सुनाखरी तुलसीपुर सिकाई मेलाको उद्घाटन गर्दै उनले समय सुहाउँदो शिक्षा अहिलेको आवश्यकता भएको भन्दै समय सुहाउँदो शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुमा सिक्ने प्रतिवद्धता हुन आवश्यक रहेको बताए । विद्यार्थीहरुमा सिक्ने प्रतिवद्धता भयो भने मात्रै नयाँ कुरा सिक्न सक्छन्, उनले भने । सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई सृजनशिल बनाइरहेको वताउँदै परियोजनामुखी शिक्षामा जोड दिनुपर्ने बताए । समाज सुहाउँदो शिक्षा आजको आवश्यकता रहेको समेत बताए । दाङमा शिक्षा क्षेत्रमा नयाँ काम भएको बताउँदै उहाँले सामुदायिक विद्यालय सुधारका लागि सबैले पहल गर्नुपर्ने कुरामा जोड दिए । उनले जनताको चाहना अनुसार काम हुँदै गएको समेत बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सिकाईले मात्रै जीवन समृद्ध बनाउने बताए । उनले सिक्ने कुरा हरेकका लागि आवश्यक रहेको भन्दै सिकाईका लागि अभ्यासको आवश्यकता रहेको बताए । सामुदायिक विद्यालयमा कसैले पनि पैसा लिन नहुने वताउँदै नगरप्रमुख पाण्डेले पैसा लिएको थाहा पाए कारवाही समेत गरिने बताए । केही समस्या भए स्थानीय सरकारले सहयोग गर्दछ तर अभिभावकसँग पैसा असुल गर्न मिल्दैन, उनले भने । नपढाउने अभिभावकलाई कारवाही समेत गरिने वताउँदै नगरप्रमुख पाण्डेले नपढाउने अभिभावकलाई कारवाही गरिने समेत बताए । टिच फर नेपाल र तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको सिकाइ मेलामा ६ हजारले अवलोकन गरेको संयोजक सन्तोष लम्सालले बताए । यस क्षेत्रका पहिलो पटक आयोजना गरिएको मेलामा शिक्षकहरुलाई विभिन्न विषयमा प्रशिक्षण समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार