खसिको ब्यापार, ९८ लाख सम्मको कारोबार

Author Logo..
२०७६ पुष ११ गते शुक्रवार

सल्यान, ११ पुस । बाख्रा पालन संगै खसिको ब्यापारबाट सल्यानमा एक किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । सल्यान रीमका ५० वर्षिय नन्दराम खत्रीले २२ वर्ष अघि देखि खसिको ब्यापार गरिरहेका छन् । खसिको ब्यापार बाट नन्दरामले एक वर्षमा ९ लाख रुपैयाँ सम्म चोखो नाफा गर्ने गरेका छन् । ‘यो वर्ष पनी राम्रो भइरहेको छ,’ उनले भने, ‘गएको वर्ष ९८ लाख सम्मको कारोबार भयो, ९ लाख रुपैयाँ वचत गर्न सफल भएको थिएं ।’ खसि खरिद तथा विक्रिको ब्यापारबाट भएको आम्दानीबाट नन्दरामले केहि जमिन समेत गरिद गरेका छन् । साथै छोरो अष्ट्रेलिया गएको र छोरीलाई जिल्ला बाहिर राम्रो स्कुलमा पढाईरहेको उनले बताए । ‘यो सबै सम्भव खसि ब्यापार र बाख्रा पालनबाटै भएको हो । छोराछोरीको भविष्य उज्वल बनाउने कोसिसमा छु,’ उनले भने ।

अझै १० वर्षसम्म खसि ब्यापार गर्ने उनको योजना छ । कपुरकोट गाउँपालिका, ५ रीम निवासी खत्रीले जिल्लाका विभिन्न स्थानमा पुगेर किसानको घरबाट खसि खरिद गरेर काठमाण्डौमा विक्रि गर्ने गरेका छन् । उनी भन्छन्, ‘२२ वर्ष भन्दा बढी भयो खसिको ब्यापार गर्न थालेको । घरमा पनी बाख्रा पालन गरेको छु । छोराछोरी पढाउन, घरपरिवार पाल्न मज्जाले पुगेको छ ।’ उनी जीवनभर विदेश गएनन् । बरु स्वदेशमै परिश्रम पोखीरहे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार