मोटरसाईकलबाट खसेका युवकको उपचारको क्रममा मुत्यु

Author Logo..
२०७६ पुष १० गते बिहिवार

तुलसीपुर,सवारी दुर्घटनामा परी गम्भिर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ निबासी ३६ का लालबहादुर चौधरी रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गएको पुष ७ गते बालापुरबाट नन्द्रागाउँ तर्फ गइरहेको रा२प ९७१३ नम्बरको मोटरसाईलको पछाडी बसेका लालबहादुर खसेपछि गम्भिर घाइते भएका थिए । घाइतेको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको तुलसीपुरका ट्राफिक प्रमुख नन्दकुमार पोखरेलले जानकारी दिए । मोटरसाईकल चालक सोही ठाउँका रामबहादुर चौधरी भने प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार