घुम्न जाउँ तुलसीपुर कार्यक्रम

Author Logo..
२०७६ पुष १० गते बिहिवार

त्रिशिद्धेश्वरी मन्दिर देखी राप्ती उद्यान सम्म झाँकी जुलुस निकानिले

तुलसीपुर, भ्रमण वर्ष सन् २०२० लाई लक्षित गदै तुलसीपुर उपमहानगरपालिकामा वर्ष भरी विभिन्न कार्यक्रम तथा महोत्सव सन्चालन हुने भएको छ । उपमहानगरपालिका भित्र रहेका पर्यटन क्षेत्र, धार्मिक स्थल, सांस्कृतिक सम्पदा, प्राचिन कला,धर्म तथा संकृति, मठमन्दिर, साहित्यीक, नेपाली चाडपर्व, खान महोत्सव र धर्म संग जोडिएका विभिन्न चाड पर्वलाई पनि पर्यटन वर्ष संगै जोडेर कार्यक्रम तथा महोत्सवको आयोजना गरिने भएको छ ।

नगर प्रमुख तथा तुलसीपुर उपमहानगर पर्यटन प्रर्वद्धन समितिका संयोजक घनश्याम पाण्डेको अध्यक्षतामा विहिवार तुलसीपुरमा सम्पन्न भएको बैठकले सवै विषय बस्तुलाई समेटेर पर्यटन बर्षलाई भव्य रुपमा सफल पार्नका लागी तयारीको बारेमा व्यापक छलफल गरेको छ । आगामी पौष १६ गते अर्थात जनवरी १ तारिखका दिन भव्य रुपमा कार्यक्रमको उद्घाटन गरिने भएको छ ।

भम्रण बर्षको उद्घाटन तुलसीपुर ७ मा रहेको राप्ती शान्ती उद्यान पार्कबाट गरिने भएको छ । उद्घाटन हुनु अघि तुलसीपुर बजार क्षेत्रमा रहेको त्रिशिद्धेश्वरी मन्दिरबाट पार्क सम्म झाँकी जुलुस सहितको बृहत ¥यालीको आयोजना गरिने भएको छ । भ्रमण वर्ष उद्घाटन गर्न पाँच नम्वर प्रदेशका सभामुख पुर्ण बहादुर घर्ति दाङ आउने भएका छन् । वैठकले मन्च व्यवस्थापन, अतिथि सत्कार, विभिन्न स्थानमा स्वागत गेट निर्माणका लागी जिम्मेवारीको बाँडफाड गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार