तोकिएको समय अगाबै पुल निर्माण गर्ने निर्माण ब्यवसायी सम्मान

Author Logo..
२०७६ पुष १० गते बिहिवार

विजौरी, दाङमा तोकिएको समय अगाबै निर्माण सम्पन्न गरेको भन्दै एक निर्माण ब्यवसायीलाई सम्मान गरिएको छ ।
दाङको तुलसीपुर – घोराही सडक खण्डमा पर्ने ग्वारखोला पुल निमार्ण तोकिएका समय भन्दा करिब ८ महिना अगाडि नै सम्पन्न गरेको कालिका रसुवा जेभि कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरेको छ ।  बिहिवार विजौरी उद्योग  बाणिज्य संघले एक कार्यक्रम  गरी श्रेष्ठलाई सम्मान गरेको हो ।  कालिका रसुवा जेभि कन्ट्रक्सनले तोकिएको समय भन्दा करिब महिना अगाडी पुलको निमार्ण कार्य सम्पन्न गरेको भन्दै भन्दै  राम्रो कामको  गर्नेलाई सम्मान र सबैले प्रशंसा गर्नको लागी सम्मान गरिएको वाणिज्य सघं अध्यक्ष मुक्ती बहादुर वलि (मुकेश)ले बताए ।

कन्ट्रक्सनले जसरी सबै निर्माण ब्यवसायीहरुले समय मै  विकास निमार्णका गर्न सके विकास निमार्णले फड्को मार्ने समेत उनले  बताए । जिल्लाका अन्य पुलहरु सोचे अनुरुप निमार्ण हुन नसकिरहेको अवस्थामा ग्वारखोला पुल छिटो छरितो रुपमा सम्पन्न गरी कालिका रसुवा जेभि एउटा उदाहरणीय पात्र बन्न पुगेको समेत उनले बताए । त्यसैगरी  ढिला गरी निर्माण निर्माण ब्यवसायीहरु समेत तोकिएको समयभित्र काम नागरिकहरुले पाउने सास्तीबाट मुक्त गराउन आग्रह गरे  । त्यसैगरी कन्ट्रक्सनका प्रतिनिधि श्रेष्ठले आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले काम अगाडी बढाएको र सोहि अनुरुप सम्पन्न गर्न सफल भएको बताए ।  २०७४ साल असारदेखी २०७७  असार सम्म ग्वारखोलामा २ वटा पुल निर्माण गर्ने जिम्मा पाएका थियौँ ।

घोराही – तुलसीपुर सडक खण्डमा करिब ८ महिना अगाडी  नै  २२० मिटर लामो पुल निर्माण   सम्पन्न भएको र त्यसैगरी ग्वारखोला मै अर्काे पुल  पनि करिब १४ महिना अगाडी निर्माण सम्पन गरी गाडीहरु सुचारु भैरहेको छ । यि पुल निर्माण गर्नको लागी  ३ बर्षको समय तोकिएको थियो, उनले भने । त्यसैगरी उनले निमार्ण कार्य सम्पन्न गर्न आफु मात्र नभई स्थानीय जनसमुदाय तथा आफ्ना सहकर्मीबाट पनि सहयोग र साथ पाएको हुदाँ सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार