संस्कृततर्फ विद्यार्थीको रुचि घट्दै

Author Logo..
२०७६ पुष ७ गते सोमवार

विकास डाँगी, तुलसीपुर । दाङमा संस्कृत पढाई हुने एक मात्र विद्यालय जनता सस्कृत माध्यामिक विद्यालय हो । दाङका तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको उक्त बिद्यालयमा
शिशु कक्षादेखी कक्षा १२ सम्म पढाई हुने गर्छ । संस्कृत माध्यमिक २००८ सालमा स्थापना भएको हो । उक्त विद्यालयमा अन्य समुदायका भन्दा थारु समुदायका विद्यार्थीहरुको चाप बढि छ । संस्कृत विद्यालयमा कक्षा ४ देखि नै संस्कृत शिक्षा पढाई हुन्छ ।

नेपालको संविधान २०७२ भाग तिनको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३१ शिक्षासम्बन्धी हकमा उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हकको व्यवस्था गरेको छ । नेपालको संविधान २०४७ ले पनि प्राथमिक तहसम्म मातृभाषामै पढ्न पाउने अधिकार सुनिश्चित गरेको थियो । तर अन्य समुदायक विद्यार्थीहरुले भने आफ्नो भाषा पढाई भन्दा संस्कृत पढाई पढ्न तिर बढि ईच्छुक देखिएका छन । कक्षा १० मा अध्यनरत शोभा चौधरीले आफ्नो मातृभाषा भन्दा संस्कृत भाषा पढ्दा राम्रो लागेको बताईन् ।

चौधरीको लक्ष्य संस्कृत भाषा अध्ययन गरेर भविष्यमा केही बन्ने छ । तर पाठ्क्रम अहिल अप्ठेरो भएकाले बुझ्न समस्या हुने गरेको उनले बताईन । उनले भनिन् ,कक्षा ९ मा पढ्दा सजिलो थियो, तर कक्षा १० मा अहिले अप्ठेरो रहेछ । पाठ्क्रम कक्षा ९ मा अप्ठेरो हुनु पर्ने र कक्षा १० मा सरल हुनु पर्ने उनको भनाई छ । त्यसैगरी उनले आफ्नो मातृ थारुभाषा भन्दा संस्कृत भाषा पढ्नमा रोक लाग्ने बताईन् । त्यसैगरी कक्षा १० मै अध्ययनरत अर्कि छात्रा निमा शर्माले आफुले संस्कृत भाषाको पढाई पढ्न पाउँदा खुशी लागेको बताईन् । आफुले अध्ययन गरेको संस्कृत बिषयलाई लिएर आमा बुवा पनि खुशी भएको निमाले सुनाईन् । त्यसैगरी कक्षा १० मा अध्ययनगर्ने प्रशंसा थापाले पनि संस्कृत पढ्दा राम्रो लागेको बताईन् ।

उनले पढ्न र बुझ्न गाहे छ तथापी नजानेका शव्दहरु गुरुहरुको सहयोग लिने गरेको बताईन् । त्यसैगरी उनले उच्च शिक्षा पनि यहि विषय लिएर पढ्ने बताईन् । त्यसैगरी विद्यालयका साहित्यीक बिषयका शिक्षक टिकाराम पौडे्लले विद्यार्थीहरुलाई नेपाली र संस्कृत भाषाबाट अनुवाद गरेर पढाउँदै आएको बताए ।
उनले साहित्य बिषयमा छात्र भन्दा छात्राहरुको बढि रुचि भएको भन्दै ति मध्येमा धेरै जसो चौधरी र बाँकी अन्य जातका विद्यार्थीहरुले पढ्दै आएको बताए । विद्यार्थीहरुको संस्कृत पढ्न रुचि भएको भएता पनि पाठ्यक्रमले गर्दा समस्या भएको बताए । उनले भने, अहिलेको पाठ्क्रम धेरै पुरानो र अहिल अप्ठेरो भएकाले विद्यार्थीहरुले बुझ्न अलि गाह्रो पर्छ । कक्षा ९ मा भन्दा १० मा कडा छ । कक्षा ९मा कडा र १० मा सरल विषय भए विद्यार्थीहरुलाई पढ्न सजिलो हुने उनले बताए । त्यसैगरी विद्यालयमा कक्षा १ देखी १० सम्म विद्यार्थीहरुले संस्कृत पढ्ने गरेको भएता पनि कक्षा १० पास गरेको पछि विद्यार्थीहरुले अन्य विषय पढ्ने गरेको विद्यालयका प्रध्यानाध्यापक पदम बहादुर रावतले बताए ।

कक्षा १० सम्म अनिर्वाय विषयका रुपमा संस्कृत पढाउँदै आएको छौँ, उनले भने, तर त्यो भन्दा माथी न्युन विद्यार्थीहरुले पढ्ने गरेको उनले बताए । त्यसैगरी उनले आफ्नो विद्यालयमा उत्पादन भएका विद्यार्थीहरु बाहिर अन्य विषय पढ्न जाने गरेको समेत बताए । बाहिरी जिल्लाबाट आएका विद्यार्थीहरुले पढ्दै आएको समेत उनले बताए । त्यसैगरी उनले यदि विद्यार्थीहरुलाई संस्कृतर्फ रुची जगाउन समयानुकुल पाठ्क्रम हुनु पर्ने बताए । हामीले ३ सय जना संस्कृत पढ्ने विद्यार्थीहरुलाई मासिक २५० सय छात्रबृत्ति पनि दिदै आएका छौँ, उनले भने, त्यो पनि उनीहरुको संस्कृत पढ्न रुची छैन्् अन्य विषय पढ्न बाहिरीएका छन् । अहिले कक्षा ११ र १२ मा करिब ४० जना विद्यार्थीहरु भर्ना भएको भएता पनि दैनिक १०÷१५ जना पढ्न आउने उनले बताए ।

त्यसैगरी प्रअ रावतले पाठ्क्रम परिमार्जन नगर्दा सम्म विद्यार्थीहरु संस्कृत तर्फ आकर्षण नहुने बताए । यता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितीका संयोजक देबराज विश्वकर्माले सबै विद्यार्थीहरुको रुचि चहानाको विषय नभएको भन्दै संस्कृत विषयलाई जोगाउँनु पर्ने बताए । उनले संस्कृत विश्वविद्यालयले पाठ्क्रम परिमार्जण गनुपर्ने बताए । अहिले जुन परिवारमा संस्कृत बाताबरण छ,त्यो परिवारका विद्यार्थीहरुले मात्र पढ्न सक्ने अवस्था भएकाले सबैको रुची बढाउने विषयमा संस्कृत विश्वविद्यालयले सोच्नु पर्ने उनले बताए । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले विभिन्न जातजातिको भाषाहरु संरक्षण गर्नको लागी र विद्यार्थीहरुलाई आफ्नै मातृभाषा सिक्नको लागी विद्यालयहरुमा मगर भाषा शुरु भएको र थारु भाषाको पाठ्यपुस्तक बनाएर पढाउने तयारी भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार