तुलसीपुर १२ मा प्रथम वडा अध्यक्ष कप जारी, सोमबार सेमिफाईन र फाईनल खेल हुने

Author Logo..
२०७६ पुष ६ गते आइतवार


लक्ष्मण बस्नेत, पुस ६ तुलसीपुर । तुलसीपुर उपमाहानगरपालिका वडा न १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ मा सोमबार सेमिफाइनल तथा फाईनल खेल हुने भएका छ्न् ।
शान्ती युवा क्लब तुलसिपुर १२ को आयोजनामा पशुपती मा।बि हरिपौरा संचालित प्रतियोगिताको सनिवार सम्पन्न खेलमा कचिला बि,क्वाङी बि, कचिली र टरिगाउ सेमिफाइनल मा प्रवेश गरेका छन् ।
कचिला बि ले कपडादेवी लाई शून्य का बिरुद्ध १ गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल मा प्रवेश गरेको हो । खेल मा कचिला बि का जर्सी न १७ का खेलाडी प्रदेश चौधरीले गरेको गोल नै निर्णायक गोल सावित भयो । त्यस्तै क्वाङी बि ले टरिगै लाई सुन्यका बिरुद्ध ३ गोल अन्तर ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गर्‍यो । त्यस्तै टरिगाउ ले क्वाङी ए लाई सुन्यका बिरुद्ध ३ गोल अन्तर ले स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै कचिला ए लाई ट्राईबेकरमा ४ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै कचिली ले सेमिफाइनल यात्रा गरेको हो । प्रतियोगिता अन्तरगत सोमबार बिहान ८ बजे हुने पहिलो सेमिफाइनल खेलमा कचिला बि र क्वाङी बि भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा कचिली र टरिगाउ भिड्ने आयोजक क्लबका जोएल गिरि ले जानकारी दिनु भएको छ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री डिएन दहाल,खुम वलि र सुरेन्द्र चौधरी रहनु भएको छ । प्रतियोगिताको उद्घाटन सनिवार तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी (श्याम)ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार