अपहरित अध्यक्ष शाहीकी श्रीमती सकुशल, शाहीको अवस्था अझै अज्ञात

Author Logo..
२०७६ पुष ६ गते आइतवार

दैलेख : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी छिन्।  वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे भेटिएको जानकारी दिएका हुन्। गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उनी फेला परेकी खबर आएको वडाध्यक्ष बुढाले बताए।  अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएको अनुमान गरिएको छ। अध्यक्ष दम्पतीलाई किन अपहरण गरिएको भन्ने अहिलेसम्म नखुलेको वडाध्यक्ष बुढाले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार