तुलसीपुर, तुलसीपुरबाट एक महिला अबैध लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेकी छन् । तुलसीपुर ५ रानीजरुवा निबासी शान्ता डाँगी नयाँ बसपार्क स्थित आलुमण्डी नजिकैबाट विक्री गर्दैगर्दा ८ ग्राम ६१० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
यस अघि पनि लागुऔषध कारोबारमा पक्राउ परेकी शान्ता केहि समय अघि कारागारबाट छुटेको प्रहरीले जानकारी दिएको छ । उनलाई लागुऔषध ओसारपसार तथा विक्रिवितरण सम्बन्धि मुद्दा चलाईने प्रहरीले जानकारी दिएको छ । शान्ताको घरमा समेत खानतलासी गरेर प्रहरीले विक्री गर्न तयारी अवस्थाम राखेका सोही परीमाणका ५० प्याकेट बरामद गरेको छ ।