तुलसीपुर, नेपाल पत्रकार महासंघको २७ औं स्थापना दिवसको अवसरमा बिहिवार तुलसीपुरमा पत्रकारहरुको निःशुल्क आँखा जाचँ गरिएको छ ।नेपाल पत्रकार महासघं दाङको आयोजना एवं राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा निशुल्क आँखा जाचँ गरिएको हो ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती आँखा अस्पताचल रक्षाचौरका नेत्र अधिकृत सालिकराम गौतमले आँखा जाचँ गराएका मध्ये अधिकांस पत्रकारहरुको आखा सुक्खा देखिएको र केहीलाई चस्मा लगाउने अबस्था रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष केवि मसाल,महासघंका केन्द्रिय पार्षद सुसलि बस्नेत,रासस दाङ प्रमुख नारायणी रजौरे लगाएतले सञ्चारकर्मीहरुका लागी आँखा चेकजाँच कार्यक्रम राखेर सराहनिय कार्य गरेको भन्दै प्रसंसा गरेका थिए । नेपाल पत्रकार महासघं दाङले प्रत्येक वर्ष स्थापना दिवसमा राप्ती आँखा अस्पताल रक्षाचौरसगं सहकार्य गर्दे विभिन्न कार्यक्रम गर्र्दै आएको छ । निशुल्क आँखा चेकजाँच कार्यक्रममा तुलसीपुर र घोराहीका गरि ३२ जना पत्रकारहरुले आँखा जाचँ गराएका थिए ।